हाइलाइट

सहकारीमार्फत जमिनहरु भेला गरेर चकलाबन्दी प्रणालीमा खेती गर्नु राम्रो हुन्छ : मन्त्री लामा

सहकारीमार्फत जमिनहरु भेला गरेर चकलाबन्दी प्रणालीमा खेती गर्नु राम्रो हुन्छ : मन्त्री लामा :: Sahakari Akhabar

काठमाडौँ । प्रदेश १ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामबहादुर मगरले प्रदेश सरकारले कृषिको यान्त्रिककरण, उत्पदान, अनुदान जस्ता क्षेत्रमा काम गरिरहेको तर व्यक्ति व्यक्तिको घरमा नपुगेपनि सहकारीस्तरमा पुगेको बताए ।

एशोसिएशन अफ नेपाली एग्रिकल्चलर जर्नलिस्ट (अनाज) ले विहिवार आयोजना गरेको ‘कोरोना महामारी र प्रदेश १ कृषि वजेटका सवालहरु’ विषयक भर्चुअल बहस कार्यक्रम उनले कृषिलाई व्यवसायीकरण र मर्यादाको क्षेत्र बनाउने काम पनि भइरहेको बताए ।

उनले भूमी बैंकलाई व्यवहारिक रुपमा अगाडि बढाएको बताए । त्यसका लागि भूमी आयोगले काम गरिरहेको जानकारी दिए । भूमी बैंकको स्थापना भयो भने कृषिमा केही गर्न चाहनेलाई सहयोग पुग्ने बताउँदै मन्त्री मगरले यस्तो बेलामा सहकारीमार्फत जमिनहरु भेला गरेर चकलाबन्दी प्रणालीमा खेती गर्ने सोच बनि रहेको बताए ।

साना किसान मैत्री वजेटको तयारी भइरहेको र प्रदेश १ धेरै उत्पादनमा आत्मनिर्भर रहेको र बाँकी रहेका उत्पादनमा पनि आत्मनिर्भर हुने अवस्थामा रहेको बताए । प्रदेश १ कतिपय उत्पादनमा आत्मनिर्भर रहेको बताउँदै उनले चिया, अदुवा, छुर्पीलगायतमा आत्मनिर्भर रहेको कतिपय क्षेत्रमा आत्मनिर्भरको नजिक पुगेको बताए ।

दुध उत्पादन वृद्धि भएर त्यो बिक्रि नहुँदा त्यसलाई धुलो बनाइरहेको हुनाले अब दुधमा पनि विविधिकरण गर्नुपर्ने आवश्यकता रहेको बताए । बीउ व्यवस्थापन पनि महत्वपूर्ण काम रहेको र त्यसका लागि सरकारले वजेटको व्यवस्थापन गर्न लागेको जानकारी दिए । माछा, दुध, मासु उत्पादनदेखि लिएर विदेशबाट फर्केका युवालाई कृषिमा कसरी लगाउने कार्यक्रम पनि वजेटमा राखेको बताए ।

प्रदेश १ का नीति तथा योजना आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले कोरोनालाई विपत्तिको रुपमा नलिएर एउटा अवसरको रुपमा लिएर उत्पादनमा जोड दिनुपर्ने बताए । उनले कोरोनलाई केन्द्रविन्दुमा राखेर वजेटलाई अगाडि बढाउनुपर्ने बताए । कोभिडका कारण विदेशबाट फर्केका जनशक्तिलाई पनि प्रयोगमा ल्याउनुपर्ने बताए ।

कृषि उद्यमी पवन गोल्यानले एक नम्बर प्रदेशमा सबभन्दा बढी धान उत्पादन हने भएपनि बीउको समस्या रहेको बताए । उनले प्रति जमिनलाई पनि प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिँदै प्रति जमिन राख्नेलाई कारवाही गर्नुपर्ने बताए । प्रति जग्गामा पनि करा लगाउनुपर्ने उनको बिचार थियो । एक नम्बर प्रदेशलाई हाराभारा बनाएर देशको ६० प्रतिशत कृषि उत्पादन त्यहीबाट दिन सकिने बताए ।

कार्यक्रममा अरिहन्त एग्रोफार्मका सञ्चालक, सामेनाथ अधिकारी र राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज वस्नेतले कोरोना महामारीलाई केन्द्रीत गर्दै वजेट विनियोजन गर्न सुझाव दिए । त्यसैगरी, खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले साना किसानप्रति ध्यान दिन ध्यानाकर्षण गराए ।



Leave a comment