हाइलाइट

कोरोनाका कारण सहकारी व्यवसाय घाटामा

कोरोनाका कारण सहकारी व्यवसाय घाटामा :: Sahakari Akhabar

कृषकहरुले बुझेनन जैबिक मल


चीना थापा, विराटनगर । कोरोना महामारीका कारण कृषि सहकारी मार्फत गरिएका व्यवसायहरु संकटमा परेका छन् । जसले गर्दा व्यवसायलाई टिकाईराख्न कृषि सहकारीहरुलाई समस्या परेको छ । 

मोरङको पथरी शनिश्चरे नगरपालिकामा रहेको साना किसान कृषि सहकारी संस्थाले सामुयिक तरकारी खेति र गाई फर्म पनि सञ्चालन गरेको छ । तर कोरोना माहामारीले गर्दा व्यवसाय घाटामा रहेको सहकारीले जनाएको छ ।

सहकारीले ३५ लाखको लगानीमा गाई फर्म सुरु गरेको हो । गत साउनदेखि सुरु गरेको गाई फर्मबाट दैनिक ४० लिटर दूध विक्री हुन्थ्यो । तर अहिले गाई थप्न समस्या भएको गाईले दूध दिन छाडेका कारण दैनिक १२ लिटरसम्म मात्र विक्री हुने गरेको सहकारीकी अध्यक्ष जानुका भण्डारीले बताईन । 

अहिले फर्ममा १५ वटा गाई भैसी रहेको उनको भनाई छ । फर्ममा गाई भैसी दुवै पाल्ने हिसावले सञ्चालन गरेको भण्डारीले जानकारी दिईन । कोरोनाका कारण काम गर्न समस्या हुँदा व्यवसाय घाटामा गएको उनको भनाई छ । 

सहकारीले १८ कण्ठा जग्गामा सामुहिक खेति पनि गरिरहेको छ । विगतमा तरकारी खेति गरिरहेको सहकारी समूहले कोरोनाका कारण काम गर्न समस्या भएकाले यो पटक धान खेति गरेको छ । धान भित्र्याएपछि तरकारी खेति गरिने सहकारीले जनाएको छ । 

भारतबाट आएको तरकारी सस्तो हुने र हामीले उत्पादन गरेको अर्गानिक तरकारी अलि महंगो भएकाले विक्री नहुने समस्याले गर्दा व्यवसाय घाटामा जाने गरेको अध्यक्ष भण्डारीले जानकारी दिईन । मानिसले आफ्नो स्वास्थ्यलाई भन्दा सस्तो चिजलाई महत्व दिदा स्थानिय उत्पादनलाई विक्री वितरण गर्न समस्या हुने गरेको उनको भनाई छ । 

सहकारीको कारोबार ७ करोड छ । कोरोनाको कारण कोरोबार पनि घटेको सहकारीले जनाएको छ । सहकारीलाई लगानी गरेको ऋण संकलन गर्न समस्या भएको छ । कोरोनाको समयमा तिर्नैपर्छ भन्न पनि नसकिने अवस्था भएका कारण व्याज संकलन पनि नभएको भण्डारीले बताईन । 

जैविक मल उद्योगमा पनि सहकारीले लगानी गरेको छ । पथरीमा रहेको उक्त उद्योगमा सहकारीले २२ लाख लगानी गरेको छ । विभिन्न कृषि सहकारीहरुको लगानीमा उद्योग सञ्चालन भएको हो । रसायिनिक मललाई न्युनिकरण गर्नका लागि सञ्चालन गरेको उद्योगले जैविक मल उत्पादन गरेर कृषकलाई बेच्ने गरेको छ । 

रसायिनिक मलले विगारेको बाटोलाई उर्वरशक्ति बढाउन जैविक मल मार्फत समय लाग्ने भएकाले किसानहरुमा त्यो धैर्यता नभएको सहकारीहरुले जनाएका छन् । जसले गर्दा एक पटक जैविक मल प्रयोग गरेर उत्पादन बढेन भन्दै फेरि रसायिनिक मल प्रयोग गर्ने गरेका कारण मल विक्रीमा पनि समस्या भएको छ । चुनौतिपूण अवस्था भएकाले उत्पादन बढाउन पनि समस्या भएको छ ।

उद्योगले झोल मल पनि बनाउछ भने विभिन्न पनि जैविक विषादीहरु पनि उत्पादन गर्दै आएको छ । तर कृषकहरुले नबुझ्दा विषादी प्रयोग गर्ने तर जैविक मल, विषादी प्रयोग नगर्ने गरेको उद्योगले जनाएको छ । उद्योगले अहिले अर्डर अनुसार मात्र मल उत्पादन गर्ने गरेको छ । 

सहकारीले साना किसान वित्तिय लघुवित्त बैंकबाट ऋण पनि लिएको छ । ३ करोड बढी ऋण सहकारीले ल्याएको थियो । अब १ करोड ५०  लाख तिर्न बाँकी रहेको सहकारीले जनाएको छ । 



Leave a comment