हाइलाइट

बङ्गलादेशी सहकारीकर्मीद्धारा काठमाडौँको मनमुरी कृषि सहकारीको अवलोकन 

बङ्गलादेशी सहकारीकर्मीद्धारा काठमाडौँको मनमुरी कृषि सहकारीको अवलोकन  :: Sahakari Akhabar

काठमाडौँ । बङ्गलादेशी पाहुनाहरुले काठमाडौँमा रहेको मनमुरी कृषि सहकारीको अवलोकन भ्रमण गरेका छन् । नेपाल–बङ्गलादेश मैत्री सङ्घको निमन्त्रणामा यही १३ गते काठमाडौँ आइपुगेका १० सदस्यीय टोली पोखराबाट फर्केलगत्तै उक्त सहकारीको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा बङ्गलादेशबाट आएका डा नजमुद्दीन अल हुसाइनीले मनमुरी कृषि सहकारी संस्थाले नमूनाका रूपमा काम गरेको बताए ।  
  
कृषिविना मानव जीवन असम्भव भएको र अर्थतन्त्र बलियो बनाउन पनि कृषि सहकारीमार्फत अघि बढ्नुपर्ने धारणा डा हुसाइनीले राखे ।

संस्थाका अध्यक्ष दीनदया रिजालले बङ्गलादेश र नेपालको सम्बन्ध थप उचाइमा पु¥याउन दुई देशबीच कला, साहित्य संस्कृति, पर्यटन, कृषि सहकारी जस्ता विषयमा मिलेर काम गर्नुपर्ने बताए ।

उनका अनुसार नेपाली प्रतिनिधिमण्डलले पनि छिट्टै बङ्गलादेशको भ्रमण गर्नेछ । बङ्गलादेशबाट आउने टोलीमा चिकित्सक, कृषिविज्ञ, समाजसेवी र व्यापारीेको सहभागिता रहेको छ । 



Leave a comment