झापा । दमक–१ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका सदस्य भरत निरौलाले १६ प्रकारका कृषि उपज उत्पादन गरि बिक्रि गनेृ गरेका छन् । उनी आफूले उत्पादन गरेका तरकारी दैनिक ठेलामा राखेर बिक्री गर्ने गरेका छन् । उनले १५ कठ्ठा क्षेत्रफलमा टनेल बनाएर खेति गरेका छन् ।
अहिले उनले मूला, खोर्सानी, काँक्रा, घिरौला, रुख बोडी, चाइनिज साग, बन्दा कोपी, फूल कोपी, लौका, रातो–सेतो मूला, सरगम, आलु, तोरी, रायो, टमाटर, क्यारिसकम खोर्सानी, चोकोपनलगायतका तरकारी फलाएका छन् ।
केही वर्षअघि दमक नगरपालिकाले प्रदान गरेको तालिममा सहभागी भएर आफ्नै पौरखले सब्जी खेती गर्दै आएका निरौला यतिबेला आफैं पनि कृषि तालिम दिने गरेका छन् ।
उनको तरकारी खेती पाठशाला बनेको छ । उनको खेति हेर्न र सिक्न टाँढा टाँढाबाट कृषकहरु आउने गरेको उनी बताउँछन् । वर्षेनी करिब १ लाख रुरपैयाँ लगानी गर्ने उनले कहिले त सब्जीको बजार पाउन पनि मुस्किल हुने गरेको बताउँछन् ।
Leave a comment