हाइलाइट

ठूलो बचत परिचालन गर्नेे क्षमता सहकारीको छैनः सचिव पोखरेल

ठूलो बचत परिचालन गर्नेे क्षमता सहकारीको छैनः सचिव पोखरेल :: Sahakari Akhabar

काठमाडौं । भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण सचिव अर्जुनप्रसाद पोखरेलले ठूलो बचत परिचालन गर्नेे क्षमता सहकारीको नभएको बताएका छन् । सहकारीको प्रभावकारी सञ्चालनमा क्षमता बढाउन पनि उनले सुझाव दिएका छन् ।

नेफ्स्कूनले आईतबार काठमाडौंमा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजना गरेको नेपालको सहकारी अभियानमा वित्तिय सहकारीको आगामी मार्गचित्र विषयको अन्तरक्रियामा बोल्दै सचिव पोखरेलले सहकारीले क्षमता विकास गर्ने हो, बचतको सीमालाई १० लाखबाट बढाएर १० करोड पुर्याउन सरकार तयार रहेको पनि जनाए ।

आफुले सक्ने भारी मात्र बोक्न सुझाव दिँदै उनले सो भन्दा बढी बोक्न खोजे दुर्घटना हुने जनाए । सचिव पोरखेलले सहकारी अर्थतन्त्रको अभिन्न अंग भएको र सहकारीबाटै जनताको आर्थिक उन्नति सम्भव रहेको भन्दै सहकारी अर्थतन्त्र बिना राष्ट्रिय अर्थतन्त्र निर्माण सम्भव नभएको बताए ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष समेत रहेका पोखरेलले प्राधिकरणले सहकारी अभियान कमजोर हुनेगरि काम नगर्ने भन्दै बचत ऋण सहकारीलाई प्राधिकरणमा कसरी दर्ता गर्ने भनेर विधि तयार गर्न थालेको जानकारी दिए ।

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाललको अध्यक्षतामा भएको कार्यक्रममा भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ललगायतले कार्यक्रममा आफ्ना बिचार राखेका थिए । कार्यक्रममा उपत्यकाका साकोसकर्मीहरुको सहभगिता रहेको थियो।



Leave a comment