हाइलाइट

सहकारी अभियानले दोस्रो तहको नियामक निकाय माग गर्नु नै गलत भयोः अध्यक्ष सापकोटा

सहकारी अभियानले दोस्रो तहको नियामक निकाय माग गर्नु नै गलत भयोः अध्यक्ष सापकोटा :: Sahakari Akhabar

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून) का अध्यक्ष उद्धव सापकोटाले सहकारी अभियानले दोस्रो तहको नियामक निकाय माग गर्नु नै गलत भएको बताएका छन् ।

उनले सहकारी प्राधिकरण राष्ट्र बैंकको शाखा जस्तो बनाएर सहकारीमा निर्देशन जारी गर्नु गलत भएको बताए । प्रतिस्थापन विधेयक पास भएको अवस्थामा राष्ट्र बैंकले निर्देशन जारी गर्नु गलत भएको उनको भनाई छ ।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले आयोजना गरेको साकोस सिईओ गोष्ठीमा बोल्दै उनले सहकारी प्राधिकरण स्वायत्तता र स्वतन्त्रता भनिए पनि राष्ट्र बैंकले जारी गरेका निर्देशन लागु गर्ने निकाय जस्तो भएको जनाए । उनले राष्ट्र बैंकले सहकारी ऐन विपरित गएर बचत तथा ऋण सहकारी संस्थालाई मापदण्ड र निर्देशनमा आउनु गलत भएको उल्लेख गरे ।

राष्ट्र बैंकले सहकारीको नियमन गरे  यसको स्वतन्त्रता र स्वायत्तता हराउने उनको भनाई छ । राष्ट्र बैंकले जारी गरेको मापदण्डले प्रारम्भिक सहकारी संस्था सञ्चालन गर्न समस्या हुने उनको दावी छ ।

प्राधिकरणले राष्ट्र बैंकले जे जे भने पनि मान्नु गलत भएको सापकोटाको भनाई छ । सहकारी अभियानले दोस्रो तहको नियामक निकाय गठनको माग गरेको र त्यसैमा राज्यले खेल्ने मौका पाएको उनले सुनाए ।

बागमती प्रदेशमा १० हजार सहकारी संस्था रहेको जानकारी दिँदै अध्यक्ष सापकोटाले कुल सहकारीको १.५ प्रतिशत संस्थामा मात्र समस्या रहेको जनाए ।

केन्द्रीय संघहरुले तल्लो तहका सहकारी संस्थालाई समेट्न नसक्ने हुँदा जिल्ला र प्रदेश सहकारी संघहरुले स्थानीय तहमा रहेका संस्थाहरुलाई  समेटेर सबल बनाउने काम गरेको उल्लेख गरे ।

जिल्ला र प्रदेश संघहरुको कारण सहकारीमा समस्या नआएको भन्दै संघहरुले संस्थाहरुलाई सबल बनाउन लागि परेको उल्लेख गरे । ललितपुर बचत संघले सदस्य संस्थाहरुको विकास र प्रवर्दनमा उल्लेख भूमिका खेलेको बताए ।

उनले संघले संस्थाहरुलाई दिगो रुपमा सञ्चालनमा सघाउनको लागि विभिन्न समयमा तालिम तथा गोष्ठी गर्नु राम्रो पक्ष भएको जनाए । विश्वका १ सय १२ राष्ट्रमा ३० लाख सहकारीमा १ अर्ब मानिस आवद्ध रहेको जनाए ।

उनले अमेरिका जस्तो देशमा सहकारीको आवश्यकता रहेको भन्दै नेपालमा पनि सहकारीको महत्व कम नभएको बताए । गुणस्तर सुनिश्चितता कार्यक्रममा आवद्ध सहकारी संस्था सुरक्षित हुने र बागमती प्रोस्कूनले कोसिस कार्यक्रम सञ्चालन गरेको उनले बताए ।



Leave a comment