काठमाडौं । कर्जा सुचना केन्द्रको सदस्यता लिनेलगायतका सात बुँदे प्रतिवद्धता सहित साकोस व्यवस्थापन प्रमुखको कार्यशाला सम्पन्न भएको छ ।
नगरकोटमा संचालन भएको दुइदिने ललितपुरका साकोस व्यवस्थापन प्रमुखको कार्यशाला २०८१ ले सात बुँदे प्रतिवद्धता गरेको छ । सात बुँदे साझा प्रतिवद्धता पत्र जारी गर्दै कार्यशाला सम्पन्न भएको हो । संघको आयोजनमा उक्त कार्यशालामा जिल्लाका सहकारी संस्थाका ८० जना व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।
यस्तो छन् सातबुँदे साझा प्रतिवद्धता
१) ललितपुर जिल्लाभित्रको बचत तथा ऋण सहकारी सस्थामा मानव संशाधन बिकास गर्न व्यवस्थापन प्रशिक्षार्थीको व्यवस्था गर्न प्रतिबद्ध छौं ।
२) आफूले प्रतिनिधित्व गरेको सहकारी संस्थामा ऋणको साँवा ब्याज नतिर्ने सदस्यहरुको समस्या समाधान गर्ने पहलकदमीका लागि सबै संस्थाहरुले नीतिगत व्यवस्था गरी ऋण तिर्न नसक्ने ऋणी सदस्यसँग पुर्नवार्ता (रिनेगोसियसन) मार्फत ऋणको पुर्नसंरचना गर्ने, ऋणीसँग निरन्तर परामर्श गर्ने र ऋण असुलीमा आवश्यक सहजिकरण गर्नका लागि कार्यविधिमा आवश्यक परिमार्जन गर्नुका साथै जानाजानी ऋण नतिर्नेहरुको हकमा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन कर्जा सुचना केन्द्रको सदस्यता लिन प्रतिबद्ध छौं ।
३) सहकारी संस्थाका सदस्यहरुको लागि सहकारीप्रति सकारात्मक वातावरण निर्माणका लागि निरन्तर सहकारी शिक्षा तथा पुर्नजागरण कार्यक्रमलाई निरन्तरता दिई नियमित बचतलाई प्राथमिकतामा राखि आगामी ३ वर्षभित्र कुल वचत निक्षेपमा कम्तिमा २५ प्रतिशत नियमित बचतको अनुपात कायम गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ ।
४) राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी हुने निर्देशन र दर्ता गर्ने मापदण्डका सन्दर्भमा जिल्लाभित्रका सरोकारवालाहरुसंग आवश्यक छलफल गरी पारित सुझावहरु सम्वन्धित निकायमा प्रदान गर्न भूमिका निर्वाह गर्नेछौ ।
५) संचालक समिति र प्रमुख कार्यकारी अधिकृतले आफ्नो जमानीमा ऋण प्रदान नगर्न साथै संस्थाले कर्मचारीको दक्षता अभिवृद्धिका लागि प्रत्येक वर्ष गत आर्थिक वर्षको कुल तलबभत्ता खर्चको कम्तिमा दुई प्रतिशत रकम तालिम तथा वृत्ति विकासमा खर्च गर्ने गरि बार्षिक योजना र बजेट बनाउन प्रतिबद्ध छौं।
६) संस्थाले आफ्ना सदस्य सन्तुष्टि अभिवृद्धिका लागि गुणस्तरिय सेवा प्रवाह गर्न समग्र व्यबहार सुुधारका साथै व्यावसायिकता एवं संस्थागत दक्षता अभिवृद्धिका लागि प्रतिबद्धता व्यक्त गर्दछौ ।
७) संघको सदस्य संस्थाहरुको अनुगमन गरी शिघ्र सुधारका लागि सामूहिक प्रयत्नमा साथ दिनेछौं, साथै जिल्ला स्थित बचत तथा ऋण सहकारी संस्थाहरुको प्रवद्र्धन, बिकास तथा रचनात्मक कार्यका लागि सहयोग आदनप्रदान गर्न प्रतिबद्ध छौं ।
Leave a comment