हाइलाइट

शर्मा बने सहकारी प्राधिकरणको अध्यक्ष

शर्मा बने सहकारी प्राधिकरणको अध्यक्ष :: Sahakari Akhabar

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा.खगराज शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सहकारी नियमन  प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो ।

सरकारले पुस १४ गते जारी गरेको सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ मार्फत बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गरेको थियो । शर्मा तत्कालिन सहकारी विकास बोर्डका सदस्य सचिव थिए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले प्राधिकरणको अध्यक्षका लागि अर्जुनप्रसाद पोखरेल, नारायण पौडेल र डा.खगराज शर्माको नाम सिफारिस गरेको थियो । तीनजना मध्येबाट मन्त्रिपरिषद्को सोमबारको बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो ।



Leave a comment