काठमाडौं । समस्याग्रस्त सहकारी ब्यवस्थापन समिति बागमती प्रदेशले कीर्तिपुरमा रहेको दर्शन बचत तथा ऋण सहकारीको २२ करोड बढीको सम्पति लिलामी प्रकृया सुरुगरेको छ । समितिले उक्त संस्थाका बचतकर्ताको बचत फिर्ता गर्न संस्थाको उक्त सम्पति लिलामी प्रकृया सुरुगरेको हो ।
समितिले कातिक २२ गते लिलामीको ३५ दिने सूचना प्रकाशन गरी संस्थाको नाममा रहेको घरजग्गाको गोप्य शिलबन्दी बोलपत्र आब्ह्वान गरेको हो । समितिले लिलामी गर्नलागेको घरजग्गाको २२ करोड १० लाख ५५ हजार मूल्य तोकेको छ । इच्छुक बचतकर्ता, संस्था तथा ब्यक्तिले सकार्न चाहेमा गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सूनचामा उल्लेख गरिएको छ ।
समितिले उक्त संस्था तथा संस्थाका सरोकारवाला हरु दिनेश दर्शनधारीका नाममा रहेको कीर्तिपुर ५ को घरजग्गा सहित ६ करोड ७८ लाख ३ हजार, कीर्तिपुर १६ को निर्मल बुद्धभूमि बचत तथा ऋण सहकारीको नाममा रहेको घरजग्गा सहित ३ करोड ९६ लाख ५२ हजार, सूर्यविनायक १ सिरुटार भक्तपुरमा रहेको आयुषा दर्शनधारी, जेनु महर्जन र यशोदा राईका नाममा रहेको जग्गा ५ करोड ७६ लाख र सूर्यविनायक १ दधिकोट भक्तपुरमा आयुषा दर्शनधारीका नाममा रहेको ५ करोड ६० लाख न्युनतम् मूल्यको घरजग्गा लिलामीको सूचना प्रकाशन गरेको छ । समितिले सूचना प्रकाशन भएको ३५ दिन भित्र गोप्य शिलबन्दी बोलपत्र बुझाउन सकिने जनाएको छ ।

Leave a comment