हाइलाइट

प्रा.डा.कुमार इङ्नामलाई सहकारी मन्त्रालयको जिम्मा

प्रा.डा.कुमार इङ्नामलाई सहकारी मन्त्रालयको जिम्मा :: Sahakari Akhabar

काठमाडौं । आज नवनियुक्त चार मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्रीमा प्रा.डा.कुमार इङ्नाम नियुक्त भएका छन् । राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री इङ्नाम सहित नवनियुक्त श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरुलाई राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायतकोउपस्थिति थियो ।



Leave a comment