काठमाडौं । सहकारी प्रशिक्षक तथा नेफ्स्कूनका पूर्व सिइओ कुवेर निरौलाले लेखा समितिको काम मूल्याङ्कन मात्र नभई बास्तविकता पत्ता लगाउने भएको बताएका छन् ।
उनले हरेक त्रैमासमा संस्थाको वित्तीय अवस्था हेर्ने काम लेखा समितिको भएको भन्दै मुल्याङ्क मात्र नगरी वास्तविकता पत्ता लगाउन सुझाए दिएका छन् ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले नगरकोटमा आयोजना गरेको दुईदिने लेखा सुपरीवेक्षण समितिको गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै लेखा समितिले सम्पत्ति र दायित्व हरेक त्रैमासमा हेर्नुपर्ने र संस्थाका प्रमुख व्यवस्थापकसँग रिपोर्ट लिएर जानकारी लिन सुझाब दिए ।
सहकारीमा पुँजीकोष र जोखिम भारित गणनालाई प्रभावकारी रुपमा संस्थामा लागु गर्नसके वित्तीय सुचाङ्क बलियो भई संस्था सुरक्षित हुने उनले जनाए । त्यसैगरी प्रशिक्षक निरौलाले सहकारी संघ संस्थाका लेखा समिति सुपरीवेक्षण समिति व्यक्ती नभएर निकाय भएको बताएका छन् ।
उनले सहकारी ऐनको दफा ४९ ले वित्तीय तथा आर्थिक कारोबारको मुल्याङ्क तथा निरिक्षण गर्ने काम लेखा समितिको भएको उल्लेख गरे ।
‘पुँजीकोष पर्याप्तता तथा जोखिम भारित सम्पत्ति गणना, प्रभाव र मुख्य वित्तीय सूचंकहरु तथा जोखिम व्यवस्थापनका लागि पूर्व मुल्याङ्क र विश्लेषण’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै निरौलाले सहकारीमा पुँजी गणना विधिको विषयमा प्रशिक्षण दिएका थिए ।
पछिल्लो समय सरकारले सहकारी ऐन संशोधन गरी सहकारी संस्थाले पुँजीकोषको आधारमा बचत तथा ऋणको कारोबार गर्ने ब्यवस्था गरेको छ।
त्यसैगरी राष्ट्रिय सहकारी नियमन प्राधिकरणले समेत सहकारी संघ संस्थाको लागि निर्देशन तथा मापदण्ड जारी गरी पुँजीकोषको आधारमा वित्तीय कारोबारको व्यवस्था गरेको विषय महत्वपूर्ण रहेको बताए ।
शेयर रकम, जगेडा कोष, घाटापूर्ति कोष र सञ्चित नोक्सानको आधारमा सहकारी संस्थाको पुँजीकोष निस्कने भएकाले लेखा समितिले त्यसलाई आधार मानेर आफ्नो संस्थाको बित्तीय बिवरण बिश्लेषण गर्न उनले आग्रह गरे ।
Leave a comment